
मध्यपश्चिम विश्वविद्यालयले विभिन्न ६ वटा शैक्षिक तथा प्रसाशनिक पदहरु करार पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ । शैक्षिक पदहरुमा प्राध्यापक तथा सह-प्राध्यापक गरि ४ जना र प्रशासन तर्फ उपकुलपतिको कार्यालयको सम्पर्क अधिकृत तथा प्रबक्त्ता, केन्द्रिय कार्यालयको बरिष्ठ अधिकृत प्रशासन तथा बरिष्ठ अधिकृत लेखा र उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र केन्द्रीय कार्यालयको लागि रिसेप्सनिस्ट गरि ७ जनाका लागि आवेदन खुल्ला गरेको हो।
आधिकारिक सूचना
मध्यपश्चिम विश्वविद्यालयमा देहाय बमोजिमका निकायहरुमा विभिन्न शैक्षिक तथा प्रसाशनिक पदहरु करारमा पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल अनुसारको योग्यता पुगेका व्यक्तिहरुबाट रितपूर्वक दरखास्त आब्हान गरिन्छ ।
१. प्राध्यापक तथा सह-प्राध्यापकहरु
विज्ञापन नं | निकाय | पद | संख्या |
२१/०७७/०७८ | इन्जिनियरिङ्ग संकाय | सह-प्राध्यापक (कम्प्यूटर-१, सिभिल-१ र हाइड्रो-१) | ३ |
२२र०७७र०७८ | व्यवस्थापन संकाय | प्राध्यापक | १ |
२. प्रशासन तर्फका कर्मचारीहरु
विज्ञापन नं | निकाय | पद | श्रेणी | संख्या |
२३/०७७/०७८ | उपकुलपतिको कार्यालय | सम्पर्क अधिकृत तथा प्रबक्त्ता (Liaison Officer & Spokesperson) | प्रथम | १ |
२४/०७७/०७८ | म.प.वि.केन्द्रीय कार्यालय | बरिष्ठ अधिकृत प्रशासन | द्वितीय | १ |
२४/०७७/०७८ | म.प.वि.केन्द्रीय कार्यालय | बरिष्ठ अधिकृत लेखा | द्वितीय | १ |
२५/०७७/०७८ | उपकुलपतिको कार्यालय, रजिष्ट्रारको कार्यालय र केन्द्रीय कार्यालय | रिसेप्सनिस्ट | मुख्य सहायक | १+१+२=४ |
१. प्राध्यापक तथा सह-प्रध्यापकहरुका लागि न्यूनतम मापदण्ड
क. इन्जिनियरिङ्ग संकायको सह-प्राध्यापकहरुको कम्प्यूटर, सिभिल तथा हाइड्रोमा विषेश दक्षता भएको र सञ्चालनमा रहेका कार्यक्रमहरुको प्रभावकारी नेतृत्व गर्न सक्ने हुनुको साथै PhD गरेकालाई प्राथमिकता दिइनेछ । व्यवस्थापन संकायको प्राध्यापकको हकमा PhD गरेको तथा MPhil र PhD का कार्यक्रमहरु स्वतन्त्र रुपमा सञ्चालन गर्ने अनुभव भएको वा सञ्चानल गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ ।
ख. प्राध्यापक तथा सह-प्राध्यापकहरुको छनोटमा म.प.वि. सेवा आयोगले निर्धारण गरेका मुल्याङकनका आधारहरु प्रयोग गरिनेछ ।
ग. प्राध्यापक तथा सह-प्राध्यापकहरुले आफ्ना कृति, अनुभव तथा अन्य अनुसन्धान संग सम्बन्धित सोधपत्रहरु निवेदन साथ पेश गर्नु पर्नेछ ।
२. प्रशासन तर्फका कर्मचारीहरुका लागि न्यूनतम मापदण्ड
क. उपकुलपति कार्यालयको सम्पर्क अधिकृत तथा प्रबक्ता मान्यता प्राप्त विश्वविद्यालयबाट PhD गरेको वा कम्तिमा स्नातकोत्तर तहमा उत्कृष्ट शैक्षिक स्थान हासिल गरी व्यवस्थापकीय क्षेत्रमा कार्यअनुभव भएको, अंग्रेजी र नेपाली दुबै भाषामा प्रभावकारी रुपमा सञ्चार गर्न सक्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाहरु तथा विश्वविद्यालयहरुसंग कुशलता पूर्वक सम्बन्ध कायम गर्न सक्ने हुनुपर्नेछ । महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
ख. मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका वरिष्ठ प्रसाशन अधिकृत (द्वितीय श्रेणी) का लागि मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी कम्तिमा ७ बर्ष व्यवस्थापकीय अनुभव र वरिष्ठ लेखा अधिकृतका लागि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी विभिन्न सरकारी वा गैरकारी संस्थामा लेखा सम्बन्धी कम्तिमा ७ वर्ष कार्यअनुभव गरेको, लेखाका सिद्वान्त तथा तिनका प्रयोग र लेखाको Software आदिका वारेमा उच्चतहको ज्ञान तथा सिप भएको हुनुपर्नेछ । CA पास गरेको व्यक्तिको हकमा कम्तिमा तीन बर्ष कार्यअनुभव भएको हुनुपर्नेछ ।
ग. मुख्य सहायक पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्नेछ । अंग्रेजी तथा नेपाली भाषामा प्रभावकारी सञ्चार गर्न सक्ने क्षमता भएका महिला उम्मेदवारले मात्र निवेदन दिन सक्नेछन् ।
घ. मुख्य सहायक स्तरका कर्मचारीहरुका लागि आवेदन गर्दाको समयमा उमेरको हद १८ देखि ४५ बर्ष, अधिकृत स्तरका कर्मचारीहरुका लागि २१ देखि ४५ बर्ष र सह-प्राध्यापक तथा प्राध्यापकको लागि २१ देखि ५० बर्ष उमेरको हद लाग्नेछ ।
ङ. योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र एस. एल. सी. देखि माथि सबै शैक्षिक तहका प्रमाणपत्रहरु, नागरिकता, वायो डाटा, एक प्रति फोटो र निवेदन सहित मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयमा अनलाईन फारम bit.ly/prof-admin-mu मार्फत दरखास्त दिनुहुन जानकारी गराईन्छ । निवेदनमा आवेदन दिन चाहेको पद उल्लेख गरी राजपत्रांकित तहका लागि रु. १५०० र राजपत्र अनंकित तहका लागि रु. १००० मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रार कार्यालयको रा.बा.बैक सुर्खेतमा रहेको च.हि.नं. ४०८०१०००१६३६६००१ मा जम्मा गरेको भौचर दरखास्त साथ पेश गर्नुपर्ने छ ।
द्रस्टव्यः सबै पदहरुमा महिला उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
जानकारीका लागि इमेल: apply@mwu.edu.np
अपडेट: आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना: Click Here
गोरखापत्रमा प्रकाशित सूचना
